बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ: मन्त्री पौडेल

काठमाडाैं | कात्तिक ८, २०८१

बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ: मन्त्री पौडेल

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताउनुभएको छ । 


मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताउनुभयो । 


“स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु”, उहाँले भन्नुभयो, “यसका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हामीले छलफलको प्रक्रिया सुरु गरेका छौँ ।”


प्राकृतिक विपद् र डेङ्गी महामारीले ल्याएको जटिलताका बावजुत विगतमा भन्दा स्वास्थ्य क्षेत्रमा सुधार आएको मन्त्री पौडेलको भनाइ थियो । 


क्यान्सर र मिर्गौलाको उपचारका लागि बिरामी पत्ता लगाउन देशभर स्क्रीनिङ सेवा प्रारम्भ गर्ने उहाँले बताउनुभयो । तीन महिनाभित्र स्क्रीनिङको व्यवस्था पूरा गर्न मोबाइलमा रिङ्टोन सेवा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । 


सय दिनको उपलब्धिअन्तर्गत विषयत समितिको बैठक, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षता उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विस्तार र विकास, उपचारात्मक सेवा विस्तार, चिकित्सा शिक्षा अध्ययन, जलन उपचारलाई निःशुल्क, जनस्वास्थ्यका समसामयिक समस्या सम्बोधन, महिला स्वास्थ्य स्वयमसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने सेवा सम्मान, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम, नीतिगत, कानुनी सुधार र पुनरावलोकन, औजार उपकरण मर्मत र अभिलेखीकरण, सिंहदरबार वैद्यखानाबाट औषधि उत्पादनमा वृद्धि, औषधिको मूल्य नीति सुझाव समिति गठन गरी कार्य प्रारम्भ, विकास साझेदारीसँगको सहकार्यलगायत विषय सम्पन्न भएको मन्त्री पौडेलले सो अवसरमा जानकारी गराउनुभयो । 

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्